कमल थापा र कांग्रेस सहमहामन्त्रीलाई हराउँदै मकवानपुर-१ मा राप्रपाका दिपकबहादुर सिंह विजयी



काठमाडौं, ८ मंसिर:मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी छिन् । यस्तै सूर्य चुनाव चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार चार सय २० मत ल्याएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्