आलिया भट्ट र दीपिका पादुकोणलाई पनि उछिन्दै ‘मोस्ट पपुलर फिमेल स्टारको उपाधी चुमिन् अभिनेत्री सामन्थाले



एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’को उपाधि जितेकी छिन् । ओरम्याक्स स्टार इन्डिया लभले सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूची जारी गरेको थियो । जसमा सामन्थाको नाम शीर्ष स्थानमा रहेको छ ।

जसमा १० अभिनेत्रीहरूको नाम समावेश गरिएको थियो। बलिउडमा चर्चित नायिका आलिया भट्ट र दीपिका पादुकोणलाई पछाडी पार्दै उनले यो उपाधी चुम्न सफल भउकी हुन् ।

सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूचीमा दोस्रोमा आलिया भट्ट, तेस्रोमा नयनतारा, चौथोमा काजल अग्रवाल, पाँचौंमा दीपिका पादुकोण, छैठौंमा रश्मिका मन्डन्ना, सातौंमा क्याट्रिना कैफ, आठौंमा अनुष्का शेट्टी, नवौंमा कृति सुरेश र दशौंमा तृषा कृष्णन रहेका छन् ।

पुष्पाको आइटम गीत ओ अन्तावामा देखिएकी उनी यस गीतबाट पनि रातारात चर्चित बनेकी थिइन् । उनी पछिल्लो समय फिल्म ‘यशोदा’ मा देखिएकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्