इन्गेजमेन्ट गरिसकेपछि पनि यसकारण हुन सकेको थिएन् अभिषेक बच्चनसंग करिश्मा कपुरको विवाह, नजिकका साथीले खोले यस्तो अचम्मको रहस्य



एजेन्सी- एक समय थियो जब अभिषेक बच्चन र करिश्मा कपूरको अफेयर चर्चामा थियो । दुवैको प्रेम शहरमा चर्चाको विषय बनेको थियो । उनीहरुले इन्गेजमेन्ट गरे र बिहे गर्ने तयारीमा थिए । तर त्यसपछि केही यस्तो भयो कि कपूर र बच्चन परिवारबीच बन्न लागेको सम्बन्ध टुट्यो । अभिषेक बच्चन र करिश्मा कपुरको इन्गेजमेन्ट रद्द भयो ।

वर्षौं बितिसक्दा पनि करिश्मा–अभिषेकको सम्बन्ध टुटेको बिषयमा प्रश्न मानिसको मनमा छ ।तर अब यसको खुलासा भएको छ । फिल्ममेकर सुनिल दर्शनले आफ्नो एक अन्तर्वार्तामा अभिषेक बच्चन र करिश्मा कपूरसँग ब्रेकअप हुनुको कारण खुलासा गरेका छन् । रिपोर्टका अनुसार अभिषेक र करिश्मा सन् २००० मा करिब ५ वर्ष डेट गरेका थिए ।

यसपछि उनीहरु बिहे गर्ने तयारीमा थिए । तर इन्गेजमेन्टपछि सम्बन्ध टुट्यो । सुनिल दर्शनले यी दुवैसँग सन् २००० मा फिल्म ‘हा मैने भी प्यार किया’ मा काम गरेका थिए । सुटिङका क्रममा निर्देशकले उनीहरुको समीकरण नजिकबाट नियालेका थिए ।यो फिल्म नराम्रोसँग फ्लप भयो र यो फिल्मसँग उनको सम्बन्ध पनि समाप्त भयो।

बलिउड हंगामामा दिएको एक अन्तर्वार्तामा सुनील दर्शनले अभिषेक(करिश्माको सम्बन्ध अफवाह नभई तथ्य भएको बताए । उनीहरु बिहे गर्ने तयारीमा थिए । करिश्मा९अभिषेकको इन्गेजमेन्टमा उनी आफै सहभागी भएका थिए । तर सुटिङका क्रममा सुनील दर्शनले अभिषेक–करिश्मा एकअर्काका लागि बनेका होइनन् भन्ने महसुस गरे ।

किनभने सेटमा दुवैजना सधैं झगडा गर्थे । सुनिल दर्शनले भने– उनीहरु एक अर्काका लागि बनेका होइनन् । सधैं लड्ने बानी थियो । सायद कोही मान्छेहरु यस्तै होलान् । म सँधै आश्चर्यचकित थिएँ, तिनीहरू साँच्चै एकअर्काको लागि बनाइएका हुन् कि भनेर सोच्ने गर्थे। अभिषेक मिजासिलो छ र करिश्मा पनि अत्यन्तै सुन्दर छिन् ।

तर, भाग्यले दुवैको मनमा सायद अर्कै कुरा थियो ।खैर, यो विगतको कुरा हो। आज करिश्मा र अभिषेक आफ्नो जीवनमा स्थिर छन् । करिश्मासँगको ब्रेकअपपछि ऐश्वर्या राय बच्चन अभिषेक बच्चनको जीवनमा प्रवेश गरिन् । यस विवाहबाट उनको एक छोरी पनि छिन् ।

जबकि करिश्माले व्यापारी सञ्जय कपुरसँग विवाह गरेकी थिइन् । विवाहबाट उनका दुई सन्तान छन् । सन् २०१६ मा सञ्जय–करिश्माको सम्बन्धविच्छेद भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्