रौतहटमा आगलागी , एकै घरमा सुतिरहेका तिन बालकको मृत्यु



रौतहट :

रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको छ।

गौर नगरपालिका-१ माईस्थान चौकस्थित इस्लाम कपडा-डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

मृत्यु हुनेमा मो.इस्लाम मियाकी ९ वर्षीया रूक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीयको छोरा इमरान मन्सुरी छन्। प्रहरीका अनुसार तीनजना घाइते भएका छन्।

इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको एसपी बुढामगरले बताए। घाइतेहरूको गौर अस्प्तालमा उपचार भइरहेको छ।

आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए। ‘गएराति मिया परिवारमा एकजना बच्चाको न्वारन रहेको कारण ‘दिप बालेर वा विद्युत शर्ट भएर घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

घटनामा करिब ४० लाखको क्षति भएको एसपि बुढा मगरले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्