साउथकी चर्चित अभिनेत्री सामन्था अस्पताल भर्ना



चर्चित साउथ अभिनेत्री सामन्थाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हल्ला बाहिर आएको थियो । यस बिषयमा अभिनेत्रीका प्रवक्ताले जानकारी दिएका छन् । उनले यो समाचार सरासर झुटो भएको र जनताले अफवाह मात्र फैलाएको बताए । सामन्था पूर्णतया ठिक रहेको र मायोसाइटिसको समस्याबाट निको भईरहेको छ।

सामन्थाले केही समयअघि इन्स्टाग्राम पोस्टमार्फत आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको जानकारी दिएकी थिइन् । तर, उनको उपचार भइरहेको छ र निको हुने चरणमा छिन् ।इण्डिया टुडेसँग कुरा गर्दै अभिनेत्रीका प्रवक्ताले भने, सामन्था अस्पतालमा भर्ना भएको बारे जुनसुकै समाचारहरू आएका छन्, ती अफवाह हुन्।

सरासर झुटो हो। सामन्था घरमै छिन् र आराम गरिरहे छिन् ।अभिनेत्रीको कामको कुरा गर्ने हो भने पछिल्लो पटक फिल्म ‘यशोदा मा देखिएकी थिइन् । फिल्म केही दिनअघि हलमा रिलिज भएको थियो । तर, फिल्मले फ्यान, समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । मायोसाइटिस नामक रोगसँग लड्दै आएकी सामन्थाले एक अन्तर्वार्तामा आफ्नो अवस्था निको हुन लामो समय लाग्ने बताइन् । यो संसार छोडेर कतै जानु छैन ।

सामन्थाले इन्स्टाग्राम पोस्टमार्फत फ्यानलाई मायोसाइटिस रोगबारे जानकारी दिएकी थिइन् । उनले लेखेकी छिन्, ‘यशोदा’ को ट्रेलरमा तपाईहरुले दिनुभएको प्रतिक्रिया अचम्मको छ । यो नै तपाईहरु सबैसँगको माया र सम्बन्ध हो । यसले मलाई जीवनका चुनौतिहरुको सामना गर्ने हिम्मत दिएको छ ।

केही महिना अघिदेखि म अटोइम्यून कन्डिसन मायोसाइटिसबाट पीडित छु। मैले सोचेको थिएँ कि जब म पूरै ठिक हुन्छु तब मात्रै बताउनेछु। तर निको हुने नाम भने लिइरहेको छैन । यसलाई निको हुन अझै केही समय लाग्ने देखिन्छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्