चुनाव जिते लगत्तै योगेश भट्टराई गरे पाथीभरा माताको दर्शन



काठमाडौं – नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट नवनिर्वाचित सांसद योगेश भट्टराईले पाथीभरा माताको दर्शन गरेका छन् । उनी चुनाव जितेलगत्तै पाथीभरा माताको दर्शन गर्न गएका हुन् ।

सामाजिक सञ्जाल मार्फत भट्टराईले पाथीभरा पुगेको तस्विर सार्वजनिक गरेका छन् । क्रबार पार्टीका कार्यकर्तासहित भट्टराईले पाथीभरा मन्दिरका साथै त्यस क्षेत्रको यात्रा गरेका हुन् ।

हालै सम्पन्न निर्वाचनमा उनी २१ हजार ९४३ मत पाएर भट्टराई विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले २१ हजार ७५३ मत पाएका थिए ।

यो पनि, गठबन्धन मिलेर देशलाई दुर्घटनामा जानबाट जोगायौं : प्रचण्ड – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । 

शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित  सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने,’ । 

अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको पनि बताएका छन् । उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत उल्लेख गरे ।  प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्