सोमबार लगनगाँठो कस्दै अभिनेता सलोन बस्नेत र करिश्मा



काठमाडौं – अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्ने भएका छन् । उनीहरुले यहि मंसिर १२ गते विवाह गर्ने भउका हुन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ ।

विवाह समारोह भोलि शनिबारबाट सुरु हुने बताइएको छ । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् ।

सलोन र करिश्माको विवाह भोज भने मंसिर १४ गते बुधबार होटल हायात प्यालेस सोल्टिमोडमा आयोजना गरिएको छ । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

यो पनि, चार वर्षपछि चलचित्र निर्माण गर्ने तयारीमा छविराज ओझा – काठमाडौं । निर्माता छविराज ओझा चार वर्षपछि चलचित्र निर्माण गर्ने तयारीमा जुटेका छन् । नेपाली चलचित्र उद्योगमा बाघ निर्माताका रुपमा परिचित उनले बुधबार आफ्नो जन्मदिन मनाउने क्रममा चलचित्र ‘जेलब्रेक’ बनाउन लागेको बताए । माओवादी जनयुद्धमा आधारित रहेर निर्माण गर्ने यो चलचित्र सशस्त्र युद्धको विषय रहने जनाइएको छ । चलचित्र जनयुद्धका क्रममा जेलब्रेक गरेकी माओवादी लडाकु उमा भुजेलको कथामा बन्ने छ ।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने यस चलचित्रले नेपालको राजनीतिक रुपान्तरणमा जनयुद्धको भूमिकालाई उठान गर्ने ओझाले बताए । उनका अनुसार चलचित्रको पटकथा लेख्ने काम सुरु छ । बायोपिक जनरामा बन्न लागेको यो चलचित्र भुजेलको पुस्तक ‘जेलब्रेक’ माथि आधारित हुनेछ ।सौर्य दैनिकमा खबर छ ।

यसमा जनयुद्ध र त्यसक्रममा भएका सामाजिक रुपान्तरणका विषयलाई उठान गर्दै जेलब्रेकको कथालाई देखाउने छ । निर्माता ओझाले नै अभिनेता राजेश हमाललाई चलचित्र उद्योगमा ब्रेक दिएका थिए । उनले चलचित्र ‘युगदेखि युगसम्म’ मा मार्फत हमाललाई चलचित्रकर्ममा अगाडि बढाएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्