बिहे भाँडने बेहुला र उनको बुबा फरार



पर्सा जेठ ५ – दाइजोमा नम्बरी जग्गा नपाएको निहुमा बिहे नै भाँडने बेहुला र उनका बुबा घर छाडेर फरार भएका छन्।
पर्साकै लखनपुर-४ घर भएका बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि बेहुला र उनका बुबा दुवै जना फरार भएका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बेहुला पक्षका बाबु र छोरा दुवैले घर छाडेको बताए। उनले भने, ‘ बेहुली पक्षले प्रहरीमा उजूरी दिएपछि बेहुलाका बाबु र छोरा दुवै घर छाडेका छन्। उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरेका छौ।’

नम्बरी जग्गामा दाइजो नपाएको निहुमै पर्साको महुवन गविस वडा नम्बर ३ का हरिशंकर साह र उनका बुबा गणेश साहले धम्की समेत दिएका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्