प्रहरीको यातनाले मृत्यु भएको दाबी



काठमाडाैं जेठ ५- ग्यास डिपोमा भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएका टिकबहादुर राईको मृत्युपछी परिवारले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएका छन् ।

वैसाख २७ मा महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिई हिरासतमा राखेको राइ २८ गते दिउसो हिरासतमुक्त भएका थिए । हिरासतमुक्त भएपछि उपचारका क्रममा बेलुका नेपाल मेडिकल कलेज अस्पतालमा उनको मृत्यु भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ।

चिकित्सकिय रिर्पोटमा उनको मृत्युको कारण’टाउकोमा लागेको चोटका कारण मस्तिष्कमा आन्तरिक रक्तश्राव भई स्वाशप्रश्वासमा समस्या आउनु’ उल्लेख छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्