माछा मार्नेक्रममा करेन्ट लागेर युवकको मृत्यु



बैतडी, ६ जेठ । माछा मार्नेक्रममा करेन्ट लागेर दार्चुलामा एक युवकको मृत्यु भएको छ ।
अपी नगरपालिका–११ का २४ वर्षीय रवीन्द्रसिंह ऐतवालको बुधबार साँझ मृत्यु भएको छ ।

मृतक युवकको अपी नगरपालिका–१० र ६ को बीचमा पर्ने लास्कुखोलामा बुधबार साँझ ५ बजेतिर करेन्ट हालेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पानीमा करेन्ट लागेका ऐतवालको जिल्ला अस्पताल पु¥याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्