२०७३ साल जेठ ८ गते शनिबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल



श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ ८ गते शनिबार नेपाल सम्बत ११३६ बछलाथ्व, सन् २०१६ मे २१ तारिक शुक्लपक्ष पूर्णिमा तिथि राती २ वजेर ९ मिनेटसम्म, विशखा नक्षत्र साँझ ७ वजेर १ मिनेटसम्म, परिघयोग राती १ वजेर १ मिनेटसम्म, भद्राकरण अपरान्ह १ वजेर १६ मिनेटसम्म, आनन्दादियोग शुभ, सूर्य वृष राशीमा, चन्द्रमा मध्यान्ह १२ वजेर २५ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।
mesh

मेषः– मध्यान्ह पूर्वको समय थोरै अनुकुल देखिए पनि मध्यान्ह देखि काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्ने छ । व्यापारमा गिरावट आउने छ ।

brish
वृषः– मनोबल बढ्ने छ । नविन कार्यको बारेमा विचार विमर्श हुने छ । व्यापार व्यवसायमा पनि सम्भावना राम्रै देखिन्छ । काम गर्ने जोश जागर बढ्ने छ । आम्दानी पनि बढ्ला ।

mithun
मिथुनः– आफन्तका कारण काम काजमा विलम्ब हुने वा विग्रिने सम्भावना देखिन्छ । आफन्त नै भए पनि गोप्य कुरा नखोल्नु होला । विरोधीको सक्रियता बढ्ने छ । आम्दानीको सम्भावना देखिन्छ ।

karkat
कर्कटः– मानसिक चिन्ता बढ्ने छ । आफ्नै कारण काम काजमा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने छन् । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । खर्च बढ्ने छ ।

sinha
सिंहः– समयले विस्तारै साथ दिन छोड्ने छ । काम गर्ने जोश जागर घट्ने छ । अनावस्यक झै झमेला आइलाग्न सक्छन् । विचार पु¥याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना छ ।

kanya
कन्याः– विस्तारै कार्य क्षमता बढ्ने छ । काम गर्दा बाहिरी कुरालाई पनि ध्यान दिन नभुल्नु होला । आज गरेका काम अधिकाँश सफल हुने देखिन्छ । व्यापार व्यवसायमा पनि सुधार आउने छ ।

tula
तुलाः– काम गर्दा आर्थिक कुरालाई पनि ध्यान दिनु होला । आफन्तका कारण काममा सामान्य सहयोग पुग्न सक्छ । सम्पतिको विषयमा कुरा कानी नगर्दा आज राम्रो हुने छ । समस्या आइलाग्न सक्छ ।

brischik
वृश्चिकः– प्रातकालिन समय सामान्य अशुभ देखिन्छ । कुनै पनि काम गर्दा हेलचक्रयाई नगर्नु होला । मध्यान्ह देखि भने समयले थोरै साथ दिनेछ । काम गर्दा मनोबल नगिराउनु होला ।

dhanu
धनुः– कुनै काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला उप्रान्त समय प्रतिकुल बन्ने छ । व्यापार व्यवसायमा पनि गिरावट आउने छ । बन्न लागेका काम पनि विग्रिन सक्छन् सर्तक रहनु होला ।

makar
मकरः– समयले साथ दिनेछ । काम गर्न पछि नपर्नु होला । आज गरेका काम उदाहरणीय हुनेछन् । काम गरेर धन पनि कमाउन सकिने छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

kumbha
कुम्भः– कामले विस्तारै गति लिनेछ । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोश जागर पनि विस्तारै बढ्ने छ । व्यापारमा खासै प्रगति हुने छैन ।

min
मिनः– अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला । आफ्ना काममा भन्दा पनि अरुका काममा टाउको दुखाई बढि हुने छ । आर्थिक पक्ष कमजोर हुदा पनि काममा ढिलाई हुने देखिन्छ ।

  • ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्