२०७३ साल जेठ ९ गते आइतबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल



श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ ९ गते रविबार नेपाल सम्बत ११३६ बछलागा, सन् २०१६ मे २२ तारिक कृष्णपक्ष प्रतिपदा तिथि राती ३ वजेर ३९ मिनेटसम्म, अनुराधा नक्षत्र राती ९ वजेर १३ मिनेटसम्म, शिवयोग राती १ वजेर २५ मिनेटसम्म, बालव करण अपरान्ह २वजेर ५७ मिनेटसम्म, आनन्दादियोग मृत्यु, सूर्य वृष राशीमा, चन्द्रमा वृश्चिक राशीमा ।
mesh

मेषः– समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउने छ ।

brish
वृषः– व्यापारबाट सामान्य लाभ हुनेछ । नयाँ कामको सम्भावना देखिन्छ । मिलेर भन्दा स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । प्रेममा थोरै सफलता मिल्नेछ । विदेश यात्राको योग देखिन्छ ।

mithun
मिथुनः– कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । आज गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

karkat
कर्कटः– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

sinha
सिंहः– पेट पोल्ने छ । काम गर्ने जोश,जागर पनि घट्न सक्छ ।  लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्ने छ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न ।

kanya
कन्याः– आज गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पनि पछि परिने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । काममा ढिला सुस्ति नगर्नु होला ।

tula
तुलाः– प्रयत्न गरेमा काममा सफल मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । घरमा सुख शान्ति कम मिल्नेछ । आम्दानी भन्दा नोक्सान बढि होला ।

brischik
वृश्चिकः– मन वचन र कर्मले लाग्नु होला अवस्य सफल हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुने छ ।

dhanu
धनुः– काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा पनि मन्दि आउनेछ ।

makar
मकरः– गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्ने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन ।

kumbha
कुम्भः– आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।

min
मिनः– आजको दिन पनि आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ । समयमा भने सामान्य सुधार आउने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

  • ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्