२०७३ साल जेठ १० गते सोमबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल



श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ १० गते सोमबार नेपाल सम्बत ११३६ बछलागा, सन् २०१६ मे २३ तारिक कृष्णपक्ष द्वितीया तिथि राती ४ वजेर ४४ मिनेटसम्म, ज्येष्ठा नक्षत्र राती ११ वजेर ३ मिनेटसम्म, सिद्धियोग राती १ वजेर १८ मिनेटसम्म, तैतिल करण अपरान्ह ४ वजेर १५ मिनेटसम्म, आनन्दादियोग पद्म, सूर्य वृष राशीमा, चन्द्रमा राती ११ वजेर ३ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा ।
mesh

मेषः– समयले पूर्ण साथ दिएको देखिन्न । काम गर्दा अलमल बढि हुनसक्छ । आहार विहारका कारण स्वस्थ्य कमजोर हुनसक्छ । व्यापार व्यवसाय र लेनदेन कारोवारमा सजग रहनुहोला ।

brish
वृषः– दिन अनुकुल जस्तै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । गरेका कामबाट सामान्य लाभ हुनेछ । यात्राका सम्भावनालाई नकार्न सकिन्न । अरुको भर नपर्नुहोला ।

mithun
मिथुनः– लोभ मोह बढ्नेछ । अलमलमा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

karkat
कर्कटः– काम गर्दा रिस,डाहा गर्ने कम हुने छैनन । ऋण बढ्नेछ ,खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । कुनेै पनि काम सम्पन्न गर्न बढि मेहनत गर्नु पर्ला ।

sinha
सिंहः– पारिवारिक समस्याबाट मुक्ति मिल्ने छैन । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्ने छन् । जोखिपूर्ण काममा हात नहाल्नु होला । अन्योलता बढ्न सक्छ ।

kanya
कन्याः– धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । आलस्यता बढ्नेछ । खाद्य बस्तु खरीद गर्नु पर्ला । आर्थिक पक्ष कमजोर बन्नेछ । काम गरेर जश कमै मिल्नेछ ।

tula
तुलाः– प्रातकाल अनुकुल देखिन्न मध्यान्ह पछिको समय अनुकुल बन्नेछ । साहास,धैर्यता र पराक्रम बढ्नेछ । अधुरा काम बन्नेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

brischik
वृश्चिकः– आफन्तको भर पर्नु भयो भने धोका हुनेछ । संचित धनको नास हुनेछ  । काम गर्दा मनोबल नगिराउनु होला । गरेका अधिकाँश काम सफल हुनेछन् ।

dhanu
धनुः– प्रातकाल त प्रतिकुल नै देखिन्छ । अपरान्ह देखि समयमा सुधार आउनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । द्विधामा नपरि काम गर्नु होला ।

makar
मकरः– काममा विलम्ब नगर्नु होला समयमा गरेका कामबाट उचित लाभ लिन सकिनेछ । पारिवारिक सहयोग मिल्नेछ । बक्यौता रकम उठ्ने छ । व्यापारमा विस्तारै गिरावट आउन सक्छ ।

kumbha
कुम्भः– काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । स्वास्थ्य अनुकुल रहला । आर्थिक कारोवारमा सुधार आउनेछ ।

min
मिनः– समय सामान्य अनुकुल बन्नेछ । अधुरा कामले विस्तारै गति लिनेछ । काम गर्दा सामान्य अवरोध आउन सक्छ पछि नहट्नु होला । काम गर्दा प्रतिष्ठाको ख्याल राख्नु होला ।

  • ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्