२०७३ साल जेठ ११ गते सोमबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल



श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु, सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ ११ गते सोमबार, नेपाल सम्बत ११३६ बछलाथ्व, सन् २०१६ मे २४ तारिक ।
mesh

मेषः– काम गर्दा साना तिना समस्या आए पनि निर्धक्क सँग गर्नु होला अवस्य सफलताका सिढि चढ्न पाईनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पारिवारिक सुख,शान्ति मिल्नेछ ।

brish
वृषः– उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउने छ । आम्दानी बढ्नेछ । शत्रुको बक्रदृष्टि पर्ने हुदा सजग रहनु होला ।

mithun
मिथुनः– यात्राबाट फाइदा कासै हुने छैन । समयमा निर्णय लिन सकिएन भने आफ्नो कामबाट अरुले फाइदा लिने छन् । आलस्यता बढ्नेछ । पढाईका साथै बाहिरी काममा चासो बढ्नेछ ।

karkat
कर्कटः– धन सम्पतिको विषयलाई लिएर टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ ।

sinha
सिंहः– बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्ने छ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा सुधार आउनेछ ।

kanya
कन्याः– घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्ने छ । ऋण लगानीमा जोड नदिनु होला । संचित धन खर्च हुनेछ । व्यापार मन्द रहला ।

tula
तुलाः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । उत्तम भोजन र आशन प्राप्तिको योग देखिन्छ । रोकिएका काम बन्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ ।

brischik
वृश्चिकः– भाग्यमा अवरोध आउन सक्छ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

dhanu
धनुः– आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ ।

makar
मकरः– समयको गतिसैग काममा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । नोकरीमा अवसर आउनेछ ।

kumbha
कुम्भः– आफ्ना काम भन्दा अरुका काम बढि हुने छन् जसका कारण धेरै काम अधुरा रहने छन् । गरेका काम  आलोचित हुनेछन् । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ ।

min
मिनः– विश्वासको संकट पर्ने छ । आफ्नो सोचाईको विपरित काम हुने छन् । मानसिक चिन्ता बढ्ने छ । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापारमा गिरावट आउनेछ । खर्च बढ्नेछ ।

  • ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्