रोग निम्त्याउँछ कृत्रिम दाँतले, यी कुरामा ध्यान दिनुस्



साधारणतया: उमेर वृद्धिसँगै दाँत पनि झर्न थाल्छन् । यस्तो स्थितिमा कृत्रिम दाँत लगाइन्छ । यसो गर्दा खानेकुरा पहिलेको जस्तै गरी खान सकिन्छ तर कृत्रिम दाँतले रोगलाई पनि निम्ता दिन्छ। दिनभर कृत्रिम दाँत लगाए पनि राति त्यसलाई निकाल्नुपर्छ ।

यसलाई पानीले भरिएको भाँडामा राख्नुपर्छ । कहिलेकाहीँ अल्छी लागेर यसलाई निकाल्न बिर्सिए तथा कृतिम दाँतको सरसफाइमा ध्यान नदिए यसमा भएका कीटाणु मुख हुँदै फोक्सोसम्म पुग्छन् जसले अनेकौं रोग निम्त्याउन सक्छ । – एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्