२०७३ साल जेठ १२ गते बुधबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल



श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ १२ गते बुधबार नेपाल सम्बत ११३६ बछलागा, सन् २०१६ मे २५ तारिक कृष्णपक्ष तृतीया तिथि विहान ५ वजेर २० मिनेटसम्म, पूर्वषाढा नक्षत्र राती १ वजेर १७ मिनेटसम्म, शुभयोग राती १२ वजेर १ मिनेटसम्म,भद्रा करण विहान ५ वजेर २० मिनेटसम्म, आनन्दादियोग श्रीवत्स, सूर्य वृष राशीमा, चन्द्रमा धनु राशीमा ।

mesh

मेषः– समयको गति सगै सुधारका संकेत देखिने छन् । काममा पूर्ण सफलता भने नमिल्न सक्छ । छोटो दुरीको यात्रा हुनसक्छ । धर्मकर्ममा समय जानेछ ।

brish
वृषः– नकरात्मक सोचबाट मुक्त भई काम गर्नु होला । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला ।  आत्मबल बढाउनु पर्ने देखिन्छ । अरुको भर नपर्नु होला ।

mithun
मिथुनः– काममा ढिला सुस्ति गर्दा आफैलाई नोक्सान हुनेछ । आज गरेका काम भने सफल हुने छन् । वित्तिय क्षेत्रबाट सामान्य लाभ हुनेछ ।

karkat
कर्कटः– धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुने छ । आम्दानी बढ्नेछ ।

sinha
सिंहः– तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ ।

kanya
कन्याः– कामको भन्दा पनि भौतिक सुख सुविधाको बारेमा मन बढि केन्द्रित हुनेछ । घरेलु खर्च वृद्धिले संचित धनमा कमी आउनेछ । मनमा कुरा खेल्ने छन् ।

tula
तुलाः– गरेका काम अधिकाँश काम बन्ने छन् कर्म क्षेत्रबाट बाहिर नजानु होला । पछि गरौला भनेर कुनै पनि काम नसाच्नु होला आफैलाई नोक्सान हुनेछ ।

brischik
वृश्चिकः– अल्छि नगरिकन काममा लाग्नु होला गरेका काम अवश्य बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

dhanu
धनुः– आफुले चाहेको काम सफलत हुनाले मन हर्षित हुनेछ ।  स्पष्ट वोल्दा कहि आफुलाई अप्ठ्यारो पर्नसक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

makar
मकरः– विना हिसाव किताव चल्दा दुःख पाईनेछ,नोक्सान पनि हुनेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । अनावस्यक खर्च बढ्ने छ ।

kumbha
कुम्भः– महत्वकाँक्षी नबनि काम गर्नु होला । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ ।

min
मिनः– वित्तिय कारोवारमा सुधार आउने छ । गरेका काम प्राय सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । शत्रु परास्त हुने छन् ।

  • ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्