२०७३ साल जेठ १३ गते विहिबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल



श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ १३ गते विहिबार नेपाल सम्बत ११३६ बछलागा, सन् २०१६ मे २६ तारिक कृष्णपक्ष चौथी तिथि विहान ५ वजेर २५ मिनेटसम्म, उत्तरषाढा नक्षत्र राती १ वजेर ३९ मिनेटसम्म, शुक्लयोग राती १० वजेर ४६ मिनेटसम्म, बालव करण विहान ५ वजेर २५ मिनेटसम्म, आनन्दादियोग सौम्य, सूर्य वृष राशीमा, चन्द्रमा विहान ७ वजेर २५ मिनेटसम्म धनु उप्रान्त मकर राशीमा ।
mesh

मेषः– विरोध गर्ने पनि समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । पराक्रम बढ्नेछ ।

brish
वृषः– दिन सामान्यकरण हुदै जाने देखिन्छ । धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । मानसिक तनावमा कमि आउनेछ ।  घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

mithun
मिथुनः– तपाईको स्वास्थ्य कमजोर बन्नेछ । घरको वातावरण पनि प्रतिकुल हुन सक्छ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । चिन्ता थपिनेछ ।

karkat
कर्कटः– लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवार गर्दा सजग हुन होला  काममा विलम्ब नगर्नु होला । व्यापारबाट लाभ होला ।

sinha
सिंहः– विरोधी बढ्नेछन् कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्दा बढि मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

kanya
कन्याः– भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने आएको अवसर पनि गुम्नेछ । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ ।

tula
तुलाः– भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । साथि भाईबाट विश्वास घात हुनसक्छ ।

brischik
वृश्चिकः– कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । घरका काम काजमा भन्द बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।

dhanu
धनुः– नजिकका मानिसबाट विश्वास घात हुनेछ । संचित धनको नास हुने देखिन्छ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम भने केहि सफल हुनेछन् ।

makar
मकरः– समयमा निर्णय लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । गरेका काम सफल हुनेछन् । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । महत्वकाँक्षी योजना असफल हुनेछन् ।

kumbha
कुम्भः– कमाई भन्द पनि खर्च बढि हुनेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या आउनेछन् । नगरेका कामको अपयश आई लाग्न सक्छ । स्वास्थ्यले पनि काम गर्न दिने छैन । चिन्ता बढ्नेछ ।

min
मिनः– सहयोग गर्ने भन्दा आलोचना गर्ने बढि हुनेछन् । उपलब्धिका काममा भन्दा अनावस्यक काममा समय बढि खर्च हुनेछ । भावावेगमा आएर कुनै काम नगर्नु होला नोक्सान हुनेछ ।

  • ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्