२०७३ साल जेठ १४ गते शुक्रबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल



श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ १४ गते शुक्रबार नेपाल सम्बत ११३६ बछलागा, सन् २०१६ मे २७ तारिक कृष्णपक्ष षष्ठी तिथि राती ४ वजेर ६ मिनेटसम्म, श्रवण नक्षत्र राती १ वजेर ३३ मिनेटसम्म, ब्रह्मयोग राती ९ वजेर ८ मिनेटसम्म, गर करण अपरान्ह ४ वजेर ३६ मिनेटसम्म, आनन्दादियोग धूम्र, सूर्य वृष राशीमा, चन्द्रमा मकर राशीमा ।
mesh

मेषः– अनुकुल बातावरणमा काम गर्न पाईनेछ । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्ने छ । व्यापारमा सुधार आउनेछ ।

brish
वृषः– दिग्भ्रमित नभई काम गर्नू होला । बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ ।

mithun
मिथुनः– काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर,आज यस्तै यस्तै हुने देखिन्छ । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । चिन्ताले छाड्ने छैन ।

karkat
कर्कटः– कर्म क्षेत्रबाट बाहिर जादा अवसर गुम्नेछ । काम गर्न आलटाल नगर्नु होला । आर्थिक कारोवारबाट समान्य सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने देखिन्छ ।

sinha
सिंहः– घमण्डलाई त्यागेर काम गर्नु होला । अनावस्यक काममा विवाद गरेर कुनै फाइदा हुने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ ।

kanya
कन्याः– धन भन्दा श्रम लगानी बढि गर्नु होला । कहि कतैबाट काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।

tula
तुलाः– सुख,शाििन्तमा कमि आउनेछ । शरीरिमा रोग व्याधिको.प्रकोप रहनेछ । भौतिक सम्पतिको नास हुन सक्नछ । घरयासी कुराले बढि सताउने छ । आलोचना बढ्ने छ । नोकरीबाट भने सन्तुष्टि मिल्नेछ ।

brischik
वृश्चिकः– आफ्रनै बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । कुनै पनि काम गर्दा विलम्ब नगर्नु होला । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

dhanu
धनुः– रुघा,खोकी तथा दाँतमा पीडा हुन सक्छ । आर्थिक कारोवार गडबढिन सक्छ सतर्क रहनु होल । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ।

makar
मकरः– दैनिक काम काजमा प्रगति राम्रो हुनेछ । कार्य क्षमता त घट्ने छैन तर चिन्ताले पनि छोड्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । लेनदेन कारोवारमा चनाखो रहनु होला ।

kumbha
कुम्भः– प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । गरेका कामबाट पनि उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ ।

min
मिनः– सामान्तया आज गरेका काम अधिकाँश सफल हुनेछन् । समयमा काममा लाग्नु भएन भने काम अधुरा रहन सक्छन् त्यतातिर पनि ध्यान दिनु होला । व्यापारबाट आय आर्जन बढ्नेछ ।

  • ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्