२०७३ साल जेठ १५ गते शनिबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल



श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ १५ गते शनिबार नेपाल सम्बत ११३६ बछलागा, सन् २०१६ मे २८ तारिक कृष्णपक्ष सप्तमी तिथि राती २ वजेर ४६ मिनेटसम्म, धनेष्ठा नक्षत्र राती १ वजेर २ मिनेटसम्म, ऐन्द्रियोग साँझ ७ वजेर ८ मिनेटसम्म, भद्रा करण अपरान्ह ३ वजेर २९ मिनेटसम्म, आनन्दादियोग प्रवद्र्ध, सूर्य वृष राशीमा, चन्द्रमा अपरान्ह १ वजेर २० मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।
mesh

मेषः– काम गर्दा धेरैको सहयोग पाईनेछ । उचित काममा धन र श्रम लगानी हुनेछ । काम गरे अनुसारको इज्जत प्रतिष्ठा पनि बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्ने नै छ ।

brish
वृषः– समयमा सुधार आउदै छ,प्रातकाल थोरै प्रतिकुल देखिए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ ।मानसिक तनावमा कमी आउनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ ।

mithun
मिथुनः– नयाँ काममा हात नहाल्नु होला र जोखिम मोलेर काम नगर्नु होला ठूलो क्षति वेहोर्नु पर्ने अवस्था आउन सक्छ । समान चोरी वा हराउन सक्छ । मानसिक तनाव बढ्नेछ ।

karkat
कर्कटः– समय प्रतिकुल बन्दै छ विना सोच विचार काममा हात नहाल्नु होला नोक्सान वेहोर्नु पर्नेछ । अनावस्यक काममा टाउको दुखाउनु पर्ने छ । प्रातकाल भने थोरै अनुकुल देखिन्छ ।

sinha
सिंहः– जोश जागर उमङ्ग र नयाँ विचारका साथ अगाडि बढियो भने फट्को मार्न सकिनेछ । प्रेम प्रेमिका वीचको सम्बन्ध गाढा बन्नेछ । यात्राको योजना नबन्ला भन्न सकिन्न ।

kanya
कन्याः– आफन्त बनेर धोका दिन सक्छन होशियार हुनु होला । श्रमको सदुपयोग गरेर अगाडि बढ्न सकेको खण्डमा लाभ लिन सकिनेछ । सामान्य खटाईबाट काम बन्ने छैनन ।

tula
तुलाः– दुविधामा परिने सम्भावना बढि देखिन्छ । कामबाट आफुले सोचे जस्तो फाइदा लिन सकिने छैन । पढाई लेखाईको चिन्ताले सताउनेछ । अरुको सहयोगको अपेक्षा धेरै नराख्नु होला ।

brischik
वृश्चिकः– समयले साथ कम दिने हुदा सोच विचार काम गर्नु पर्ने देखिन्छ नत्र धेरै ठाँउमा असफल हुनुहुनेछ । धन सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । चिन्ताले सताउनेछ ।

dhanu
धनुः– रुघा,खोकी तथा दाँतमा पीडा हुन सक्छ । आर्थिक कारोवार गडबढिन सक्छ सतर्क रहनु होल । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ।

makar
मकरः– समयको गति सगै सुधाका संकेत देखिने छन् । कार्य लगनशिलता विस्तारै बढ्ने छ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

kumbha
कुम्भः– प्रातकालमा गरेका काम बढि सफल हुनेछन् । कुरा भन्दा काममा बढि जोड दिनु होला । मध्यान्ह पछिका काममा बढि प्रयत्न गर्नु पर्नेछ । अरुलाई धन दिने काम नगर्नु होला ।

min
मिनः– विहानको समय थोरै अनुकुल देखिए पनि मध्यान्ह पछिको समय प्रतिकुल बढि देखिएकोले नयाँ काममा हात नहाल्नु होला । खर्चमा तिव्रता आउनेछ । विश्वासको शंकट पर्ने छ ।

  • ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्