हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग अनि राशिफल श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ १५ गते शनिबार नेपाल सम्बत ११३६ बछलागा, सन् २०१६ मे २८ तारिक कृष्णपक्ष सप्तमी तिथि राती २ वजेर ४६ मिनेटसम्म, धनेष्ठा नक्षत्र राती १ वजेर २ मिनेटसम्म, ऐन्द्रियोग साँझ ७ वजेर ८ मिनेटसम्म, भद्रा करण अपरान्ह ३ वजेर २९ मिनेटसम्म, आनन्दादियोग प्रवद्र्ध, सूर्य वृष राशीमा, चन्द्रमा अपरान्ह १ वजेर २० मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।
मेषः– काम गर्दा धेरैको सहयोग पाईनेछ । उचित काममा धन र श्रम लगानी हुनेछ । काम गरे अनुसारको इज्जत प्रतिष्ठा पनि बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्ने नै छ ।
वृषः–समयमा सुधार आउदै छ,प्रातकाल थोरै प्रतिकुल देखिए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ ।मानसिक तनावमा कमी आउनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ ।
मिथुनः– नयाँ काममा हात नहाल्नु होला र जोखिम मोलेर काम नगर्नु होला ठूलो क्षति वेहोर्नु पर्ने अवस्था आउन सक्छ । समान चोरी वा हराउन सक्छ । मानसिक तनाव बढ्नेछ ।
कर्कटः–समय प्रतिकुल बन्दै छ विना सोच विचार काममा हात नहाल्नु होला नोक्सान वेहोर्नु पर्नेछ । अनावस्यक काममा टाउको दुखाउनु पर्ने छ । प्रातकाल भने थोरै अनुकुल देखिन्छ ।
सिंहः– जोश जागर उमङ्ग र नयाँ विचारका साथ अगाडि बढियो भने फट्को मार्न सकिनेछ । प्रेम प्रेमिका वीचको सम्बन्ध गाढा बन्नेछ । यात्राको योजना नबन्ला भन्न सकिन्न ।
कन्याः– आफन्त बनेर धोका दिन सक्छन होशियार हुनु होला । श्रमको सदुपयोग गरेर अगाडि बढ्न सकेको खण्डमा लाभ लिन सकिनेछ । सामान्य खटाईबाट काम बन्ने छैनन ।
तुलाः– दुविधामा परिने सम्भावना बढि देखिन्छ । कामबाट आफुले सोचे जस्तो फाइदा लिन सकिने छैन । पढाई लेखाईको चिन्ताले सताउनेछ । अरुको सहयोगको अपेक्षा धेरै नराख्नु होला ।
वृश्चिकः–समयले साथ कम दिने हुदा सोच विचार काम गर्नु पर्ने देखिन्छ नत्र धेरै ठाँउमा असफल हुनुहुनेछ । धन सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । चिन्ताले सताउनेछ ।
धनुः– समयको गति सगै सुधाका संकेत देखिने छन् । कार्य लगनशिलता विस्तारै बढ्ने छ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।
मकरः– प्रातकालमा गरेका काम बढि सफल हुनेछन् । कुरा भन्दा काममा बढि जोड दिनु होला । मध्यान्ह पछिका काममा बढि प्रयत्न गर्नु पर्नेछ । अरुलाई धन दिने काम नगर्नु होला ।
कुम्भः– प्रातःकाल प्रतिकुल देखिए पनि मध्यान्ह पछिको समयमा सुधार आउनेछ । रोकिएका कामले गति लिनेछ । काम गर्ने जोश जागर पनि बढ्नेछ । विरोधीहरु पछाडि पर्ने छन् ।
मिनः– विहानको समय थोरै अनुकुल देखिए पनि मध्यान्ह पछिको समय प्रतिकुल बढि देखिएकोले नयाँ काममा हात नहाल्नु होला । खर्चमा तिव्रता आउनेछ । विश्वासको शंकट पर्ने छ ।
.ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा