श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ १६ गते रविबार नेपाल सम्बत ११३६ बछलागा, सन् २०१६ मे २९ तारिक कृष्णपक्ष अष्टमी तिथि राती १ वजेर ५ मिनेटसम्म, शतभिषा नक्षत्र राती १२ वजेर ७ मिनेटसम्म, वैधृतियोग अपरान्ह ४ वजेर ५० मिनेटसम्म, बालव करण अपरान्ह १ वजेर ५८ मिनेटसम्म, आनन्दादियोग राक्षस, सूर्य वृष राशीमा, चन्द्रमा कुम्भ राशीमा ।
मेषः– व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । गरेका काम प्राय सफल हुने छन् । काम गर्दा गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ ।
वृषः– काम काजमा प्रगति हुनेछ । रोकिएका काम फस्र्योट हुनेछन् । बन्धुको सहयोग कम प्राप्त हुने छ । सामाजिक काममा अभिरुची बढ्नेछ । यात्राको योग देखिन्छ ।
मिथुनः– धन सम्पतिको विषयमा विवाद चर्किन सक्छ विचार गरेर काम गर्नु होला । रोग व्याधिको भय पनि देखिन्छ । घर परिवारबाट सुख मिल्ने छैन ।
कर्कटः– उत्साहाका साथ काममा लाग्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ ।
सिंहः– धन दिने काम आज सके सम्म नगर्नु होला । घरमा पाउना आउने योग देखिन्छ । आफुले सोचे जस्तो कहि हुने छैन । व्यापारमा उधारो काम नगर्नु होला ।
कन्याः– सानो गल्तिले ठूलोे घाटा हुन सक्छ विचार गरेर मात्रै काम गर्नु होला । रमाईलोमा मात्रै लाग्नु भयो भने कामले गति लिने छैन र पछि पश्चताप हुने छ ।
तुलाः– वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । काममा विग्न बाधा आउने सम्भावना भएको हुदा सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि आउने छ ।
वृश्चिकः– आय आर्जनका दृष्टिले दिन राम्रो देखिन्छ,बचतमा ध्यान दिनु होला । गरेका कामबाट उचित प्रतिफल पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।
धनुः– सतहमा वगेर काम नगर्नु होला । काम गर्दा सानातिना समस्या देखिए पनि गर्दै जादा समाधान भएर जाने छन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला ।
मकरः– अप्रत्यक्ष रुपमा अरुको उर्जा प्रयोग गरेर काम गर्नु भएमा सफलता मिल्नेछ । नकरात्मक सोचबाट टाढा बस्नु होला । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न ।
कुम्भः– प्रतिकुल परिस्थितिमा काम गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा मन्दि आउने देखिन्छ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिनः– विवादबाट टाढा रहेर काम गर्नु होला । काममा साना तिना समस्या देखिने छन् गर्न पछि नपर्नु होला । पछि गरौला भनेर कुनै काम राख्नु भयो भने साचिने छन् ।
- ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना, पोखरा