रोजगारीका लागि कतार गएका नेपालीको मुत्यु



कतार, २९ चैत-
बेनी नपा–१३ सोटा म्याग्दीका दिलबहादुर घर्ती मगरको कतारमा असामयिक निधन भएको छ ।

पाँच वर्ष अगाडि कतार आएका २८ वर्षीय घर्तीको घरायसी अवस्था कमजोर रहेको छ । घरमा श्रीमती, एक छोरा, एक छोरी, आमा, बाबा र तीन भाइबहिनी रहेका छन् । एक हप्तादेखि घर्तीको शव यहाँको हमाद अस्पतालमा राखिएको छ । शव नेपाल पठाउने तयारी भइरहेको गैरआवसीय नेपाली सङ्घ कतारका मजदुर विभाग संयोजक प्रेम रसाइलीले जानकारी दिनुभयो ।

म्याग्दीवासीको साझा संस्था मोना कतार शाखाले मृतक घर्तीको परिवारलाई आवश्यक बीमालयागत राहत उपलब्ध गराउन यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई आग्रह गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्