नयाँ बर्षमा टेलिकमकाे छुटैछुट अफर, ५० रुपैयाँमा सय एमबी डाटा



काठमाडौं, २९ चैत-

नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा जिएसएम र सिडिएमए मोबाइल प्रयाेगकर्तालाई डाटा र एसएमएस सेवामा छुट दिने भएकाे छ । टेलिकमले चैत ३० गते मंगलबादेखि वैशाख १ गते बुधबारसम्म टेलिकमकै नेटवर्कभित्र गरिएन एसएमएसमा ५० प्रतिशत छुटका साथै जिएसएम मोबाइलका ग्राहकहरुका लागि मंगलबारदेखि बिहीबारसम्मका लागि रु. ५० मा १०० एमबी डाटा उपलब्ध गराउने भएकाे हाे । डाटा प्रयाेगकाे अवधि भने ७ दिनकाे हुनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्