मुख्य खबर
काठमाडौं महानगरमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरबाट मतगणना

काठमाडौं : शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।

मतदान केन्द्र भित्र बाबुराम भट्टराईलाई फोटो खिच्न दिने मतदान अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई मतदान केन्द्र भित्र फोटो खिच्न दिने मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीसँग स्पष्टीकरण सोधेको छ । भट्टराईले

मतदान गर्न रौतहट पुगेका नेपाललाई दुर्व्यवहार, चोर भन्दै मतदाताले नारा लगाए

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन् । नेपाललाई चोर

भरतपुरमा आफै हिँड्न सक्ने र देख्न सक्ने आमाबाबुकाे मतदान छाेराले गरिदिए

कुलप्रसाद काफ्ले/ चितवन : भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा छाेराले आमाबाबुकाे मतदान गरेका छन् । भरतपुर-७ का वडा सदस्य राजेन्द्र तामाङले आमाबुबा आफै हिँड्न सक्ने र

मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र शाह (बालेन शाह) ले साइत हेराएर मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान

मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

कपिलवस्तु : नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी

कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि मतदान रोकियो

दोलखा : दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झ’डप भएपछि मतदान रोकिएको हो । बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १ र २

भोट हालेर फर्कने क्रममा मृत्यु

बैतडी : बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका-२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी हुन्